नियम ११
अदालतका महाशाखा वा शाखा तथा कर्मचारी
(१) अदालतमा रहने महाशाखा तथा शाखाहरू र तिनीहरूको काम अनुसूची –२ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) आफ्नो महाशाखाअन्तर्गतका शाखा तथा फाँटको काम कारबाहीलाई छिटो छरितो, स्तरीय र प्रभावकारी ढङ्गबाट सम्पन्न गर्नु वा गराउनु, अदालतको काम सुचारु रुपले सञ्चालन गर्न रजिस्ट्रारलाई सहयोग गर्नु तथा मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिएका कामहरू गर्नु सहरजिस्ट्रारको कर्तव्य हुनेछ ।
(३) प्रत्येक शाखामा कम्तीमा अधिकृतस्तरको कर्मचारीले शाखाको प्रमुखको रूपमा काम गर्नेछ ।
(४) आफ्नो शाखाको काम सुव्यवस्थितरूपले सञ्चालन गर्नु शाखा प्रमुखको कर्तव्य हुनेछ ।
(५) उपरजिस्ट्रार, शाखा प्रमुख र अन्य कर्मचारीले आफ्नो कार्य विवरणमा उल्लेख भएको र मुख्य रजिस्ट्रार वा रजिस्ट्रारले अधिकार प्रत्यायोजन गरी तोकिदिए बमोजिमको कामहरू गर्नेछन् ।